काठमाडौं– कारको ठक्करबाट मेरुदण्ड भाचिएका दोलखा मेलुङ गाउँपालिका–३ का पुष्कर विकले थप उपचारको लागि आर्थिक सहयोगको अपिल गरेका छन् । नेपालमा उपचार सम्भव नभएकोले थप उपचार विदेशमा गरिनुपर्ने भएकोले परिवारले आर्थिक सहयोगको याचना गरेको हो ।
आज (सोमबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दैै विकले थप उपचारको लागि आफूलाई रकम अभाव भएकोेले आर्थिक सहयोगको अपिल गरेका हुन् । २७ वर्षीय विकको लामो समयसम्म बिएण्डबी अस्पताल, ललितपुरमा उपचारपछि साँगास्थित स्पाइनल अस्पलतालमा उपचार भैरहेको छ। अस्पतालले अब नेपालमा उपचार सम्भव नहुने भन्दै बेलायत लैजान सल्लाह दिएको पुष्करले बताए ।
कामको सिलसिलामा भक्तपुर बस्दै आएका पुष्करलाई २०७८ कात्तिक १५ गते सुर्यविनायकमा कारले ठक्कर दिएको थियो । कारले ठक्कर दिएपछि लडेका पुष्करलाई तिव्र गतिमा आएको ट्याक्सीको ठक्करबाट ढाडमा गम्भिर चोट लागेपछि अचेत भएका थिए । अहिले आफ्नो कम्मरमुनिका कुनैपनि भाग नचल्ने उनले सुनाए । उनले भने,‘मेरो ढाडको नशा चँुडिएको छ । म हिँड्न तथा डुल्न केही पनि गर्न सक्दिनँ । कम्मरमुनिका कुनैपनि अंग चल्दैनन् । मेरो अवस्था बिग्रदंै गएको छ ।’ उनकी श्रीमती र बालबच्चा पनि छन् ।
पुष्करले आफुले क्षतिपुर्ति पाउनको निम्ति अदालतमा मुद्दा दायर गरेको भएपनि ट्याक्सी चालकलाई भने अदालतले सफाई दिएको भन्दै आपत्ति जनाए । तर, कार चालकले भने क्षतिपुर्तिस्वरुप १५ लाख रुपैयाँ आफुलाई दिएको उनले सुनाए । उनले भने,‘आजसम्म मेरो उपचारको क्रममा ५० देखि ५५ लाख रुपैयाँ खर्च भएको छ । अब हामीसँग भएको पैसा सकियो, थप उपचारको लागि बेलायत जान अस्पतालले सल्लाह दिएको छ, तर हामीसँग रकम छैन् ।’ उनले युकेको अस्पतालमा खर्चको कुरा बुझ्दा डेढ करोड रुपैयाँ लाग्ने बताएको जनाए ।
पुष्करकी श्रीमती संगिता विकले दुर्घटना भएको दिनबाट आफ्नो पति पुर्ण रुपमा अपांग भएको गुनासो पोखिन् । दुर्घट्नापश्चात् तुरुन्तै बिएण्डबी हस्पिटल पुर्याएपनि पुर्ण रुपमा निको नभएको भन्दै दुःखेसो पोखिन् । संगिताले बिएण्डबी अस्पतालले नेपालमा हुने उपचार यतिमात्रै हो र अब विदेश लगेमा काम गर्न नसक्ने भएपनि हिँडडुल गर्नसक्ने हुने आफुहरुलाई भनेको बताईन् ।
उनले भनिन्,‘दुर्घटना भएको धेरै समय भइसकेको छ, हामीसँग भएको सारा सम्पत्तिले आजसम्म उपचार गरियो, अब हामीसँग केही छैन् । हामीलाई जसले÷जसरी सक्नुहुन्छ, त्यसरी नै सहयोग गर्नुहोस् । काम गर्न नसकेपनि कम्तीमा मेरो श्रीमान हिँडडुल गर्न त सक्नुहुनेछ । हाम्रो सानो बच्चा पनि छ, मलाई धेरै गाह«ो भएको छ, खर्च जुटाउन, उहाँको उपचार गर्न’
उनले आफुलाई आर्थिक सहयोग गर्न चाहानेहरुले लक्ष्मी बैंक पुल्चोक शाखाको खाता नम्बर ००७२४२८८१५३ रकम जम्मा गरेर सहयोग गर्न सक्ने जानकारी दिईन् । त्यस्तै, उनले आफ्नो मोवाइल नम्बर ९८२३०५८४०५ पनि सेयर गरेकी छिन् ।
प्रकाशित मिति: सोमबार, असार २७, २०७९ १४:४४