काठमाडौं- सोमबार शेयर बजारमा उच्च अंकको गिरावट आएको छ । अघिल्लो हप्ताको सुरुवाती दिनमा केही सुधार देखिएको शेयर बजार त्यसयता क्रमशः घट्न थालेको हो ।
आज नेप्से परिसूचक ७७ अंकले घटेर १९१५ को इन्डेक्समा पुगेको छ । नेप्सेमा सूचीकृत २२७ कम्पनीको ६३ लाख १३ हजार ६४१ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ३२ करोड ५६ लाख ४१ हजार रूपैयाँको कारोबार भएको छ ।
उच्च अंकले घटेको शेयर बजारमा आज सर्वाधिक हिमालयन डिस्टिलरीको शेयर खरिद/बिक्री भएको छ । कम्पनीको आज एकैदिन ११ करोड चार लाख रूपैयाँ माथिको कारोबार भएको छ ।
त्यस्तै एनआइसी एसिया बैंकको आठ करोड ७१ लाख, अपर तामाकोसीको आठ करोड ४१ लाख, एसियन लाइफको आठ करोड १७ लाख र नेपाल लाइफको सात करोड ५१ लाख रूपैयाँ भन्दा माथिको कारोबार भएको छ ।
प्रकाशित मिति: सोमबार, असार २७, २०७९ १६:१८