काठमाडौं- अन्तिम टी-२० खेलमा घरेलु टोली इंग्ल्यान्डले भारतविरुद्ध १७ रनको जित निकालेको छ । यसअघि नै शृंखला भारतले आफ्नो पक्षमा पारेको थियो ।
तीन खेलको शृंखला भारतले २-१ ले जित्यो । २१६ रनको लक्ष्य पछ्याएको भारतले २० ओभरमा ९ विकेट गुमाएर १९८ रनमा समेटियो ।
भारतका लागि सुर्यकुमार यादवले ११७ रन बनाए । इंग्ल्यान्डका रिसी टोप्लेले ३ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले २० ओभरमा ७ विकेट गुमाएर २१५ रन बनायो । इंग्ल्यान्डका लागि डेभिड मालनले ७७ रन बनाए । भारतका हर्सल पटेल र रवी विश्नोईले समान दुई विकेट लिए ।
प्रकाशित मिति: सोमबार, असार २७, २०७९ १७:२७