काठमाडौं- नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सत्ता गठबन्धनको औचित्य सकिएको बताएका हुन् ।काठमाडौंमा एमाले प्रचार विभागले आयोजना गरेको सम्पादकहरुसँगको अन्तरक्रियामा नयाँ जनादेशका लागि देश चुनावमा गइसकेकाले वर्तमान सत्ता गठबन्धनको औचित्य सकिएको बताएका हुन् ।
एमाले संघ र प्रदेशको निर्वाचनमा एक्लै चुनाव लड्ने संकेत गरेका छन् । एमाले अध्यक्ष ओलीले गठबन्धन सरकारले सकारात्मक परिणाम दिन नसकेको अनुभव भएको बताए ।
त्यसैले आफ्नो दलले सत्तामा पुग्न कै लागि गठबन्धन नगर्ने ओलीले स्पष्ट पारे । मुलुक श्रीलंकाको बाटो तर्फ लाग्ने संकेत देखिएको बताउँदै अध्यक्ष ओलीले त्यसमा ब्रेक नलागे अधोगतिमा लाग्ने र श्रीलंका भन्दा नराम्रो अवस्था आउने तर्फ सबै सचेत हुनपर्ने बताए ।
अध्यक्ष ओलीले संघियता कार्यान्वयनमा आइसकेकाले त्यसका कमीकमजोरी हटाएर सफल बनाउन लाग्नु पर्ने बताएका छन् ।
प्रकाशित मिति: मंगलबार, असार २८, २०७९ ०८:२८