काठमाडाैं - आइसीसी विश्वकप लिग टु त्रिकोणात्मक एकदिवसीय पहिलो खेलमा नेपाल नामिबियासँग ४० रनले पराजित भएकाे छ ।आइसीसी विश्वकप लिग-टु त्रिकोणात्मब एकदिवसीय पहिलो खेलमा नेपाल नामिबियासँग ४० रनले पराजित भएको हाे ।
२२१ रनको प्रतिस्पर्धात्मक लक्ष्य बोकेको नेपालले खराब ब्याटिङका कारण १ सय ८० रनमा समेटिदै हार व्यहोरेको हो ।स्कटल्याण्डको क्याम्बुस्दुन न्यु ग्राउण्डमा टस जितेर पहिलो ब्याटिङ रोजेको नामिबिया ४७ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै २ सय २१ रनमा समेटिएको थियो ।
नामिबियाका लागि छैटौं नम्बरमा आएका ब्याटर निकोल लोफ्टी एटोनले सर्वाधिक ६० रनको अर्धशतकीय पारी खेलेका थिए ।नेपालका लागि कप्तान सन्दिप लामिछानेले चार विकेट लिएका थिए भने सोमपाल कामीले दुई विकेट हात पारेका थिए ।
२२२ रनको विजय लक्ष्य बोकेर ब्याटिङमा उत्रिएको नेपाल ४६ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै १८० रनमा समेटिएको थियो । नेपालका लागि आरिफ शेखले सर्वाधिक ५० रनको अर्धशतकीय अविजित पारी खेल्दा अन्य ब्याटरहरुले राम्रो प्रदर्शन गर्न सकेनन् ।
देव खनाल ३४ रनमा कुशल भुर्तेल २७ रनमा आउट भएपछि नेपालले पहिलो खेलमै हार व्यहोरेको हो । नेपालले अब आफ्नो दोस्रो खेल भोलि घरेलु टोली स्कटल्याण्ड विरुद्ध खेल्नेछ । स्कटल्याण्डले पहिलो खेलमा नामिबियालाई ७७ रनले पराजित गरेको थियो ।
नामिबियासँगको हारसँगै नेपाल छैटौं स्थानमा ओर्लिएको छ भने नामिबिया भने पाँचौं स्थानमा उक्लिएको छ । नेपालले दोस्रो खेल भोलि स्कटल्याण्डसँग खेल्नेछ।
प्रकाशित मिति: मंगलबार, असार २८, २०७९ ०९:१४