काठमाडौं - हाल देशभर मनसुनी वायुको प्रभावले आंशिक देखि सामान्य बदली रही प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज मंगलबार प्रदेश १, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, सुदूरपश्चिम प्रदेशको केही स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।
त्यस्तै बुधबार देशभर सामान्य बदली रहनेछ । देशका पहाडी भू(भागका धेरै स्थानहरूमा मेघ गर्जनरचट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । कर्णाली, सुदूरपश्चिम तथा बागमती प्रदेशको एक वा दुई स्थानमा भने भारी वर्षाको आँकलन गरिएको छ ।
बिहीबार पनि सुदूरपश्चिम, लुम्बिनी तथा गण्डकी प्रदेशको एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको र देशका केहि स्थानहरुमा मेघ गर्जनरचट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
आगामी तीन दिन धेरै जसो स्थानमा भारी वर्षाको सम्भावना रहेकोले पहाडी भू(भागमा पहिरो तथा गेग्रान बहावको जोखिम साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने भन्दै सतर्क रहन महाशाखाले अनुरोध गरेको छ ।
प्रकाशित मिति: मंगलबार, असार २८, २०७९ ०९:४९