काठमाडौं- नेपाली बजारमा मंगलबार सुन तोलामा २ सय रूपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९४ हजार ५ सय रूपैयाँ कायम भएको छ । सोमबार छापावाल सुन प्रतितोला ९४ हजार ७ सय रूपैयाँमा कारोबार भएको थियो ।
यस्तै यसदिन तेजावी सुन प्रतितोला ९४ हजार रूपेयाँ निर्धारण भएको छ । महासंघका आज अनुसार चाँदी तोलामा १० रूपैयाँले घटेर प्रतितोला १ हजार १७५ रूपैयाँमा कारोबार भएको छ । सोमबार चाँदी प्रतितोला १ हजार १७५ रूपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित मिति: मंगलबार, असार २८, २०७९ ११:२३