काठमाडौं - विश्वका सबैभन्दा धनाढ्य एलन मस्क र अस्ट्रेलियाली अभिनेत्री नताशा बासेटबीचको सम्बन्ध टुंगिएको छ ।
मस्कले आफू र अर्को कम्पनी न्युरालिंककी कार्यकारी सिभोन जिल्सले जुम्ल्याहा बच्चालाई जन्म दिएको खुलासा गरेपछि अभिनेत्री बासेटसँगको सम्बन्ध टुंगिएको सञ्चार माध्यम पेज सिक्सले जनाएको छ ।
यो खुलासासँगै मस्कका सन्तानको संख्या १० पुगेको छ ।
सम्बन्धको अन्त्य भए पनि आफूहरु राम्रो साथी बन्ने उनले बताएकी छन् । नताशाले अब करिअरमा ध्यान केन्द्रित गर्ने निर्णय गरेकी छन् ।
प्रकाशित मिति: मंगलबार, असार २८, २०७९ १४:४३