काठमाडौं - आज बुधबार नेपाली बजारमा सुन तोलामा २ सय रूपैयाँले घटेको ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९४ हजार ३ सय रूपैयाँ कायम भएको छ । मंगलबार छापावाल सुन प्रतितोला ९४ हजार ५ सय रूपैयाँमा कारोबार भएको थियो ।
यस्तै यसदिन तेजावी सुन प्रतितोला ९३ हजार ८ सय रूपैयाँ निर्धारण भएको छ । महासंघका अनुसार आज चाँदी तोलामा ५ रूपैयाँले घटेर प्रतितोला १ हजार १७० रूपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी प्रतितोला १ हजार १७५ रूपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित मिति: बुधबार, असार २९, २०७९ ११:०६