काठमाडौं- नेकपा माओवादी निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी)ले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई बर्खास्त गर्न माग गरेको छ ।
गभर्नर अधिकारीलाई बर्खास्त नगरे आन्दोलन गर्ने क्रान्तिकारीले चेतावनी दिएको छ । गभर्नर अधिकारी एमालेको अर्थ योजना विभागको सदस्य रहेको भन्दै अनेरास्ववियू क्रान्तिकारीले उनलाई बर्खास्त गर्न सरकारसँग माग गरेको हो ।
गभर्नरलाई बर्खास्त नगरे आन्दोलनमा उत्रने चेतावनी बुधबार अनेरास्ववियू क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
अनेरास्ववियू क्रान्तिकारी र वाईसीएल नेपालले अधिकारीको बर्खास्तीको माग गर्दै आजै दिउँसो ४ बजे माइतीघर मण्डलामा प्रदर्शन गर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ ।