काठमाडौं - जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव समूहको केन्द्रीय समितिको विस्तारित बैठक पर्साको वीरगंजमा सुरु भएको छ । बैठकका लागि अध्यक्ष यादव मंगलबार वीरगंज पुगेका थिए । बैठक दुई दिनसम्म चल्लने जनाइएको छ ।
बैठकमा सहभागी हुन देशभरबाट पार्टी पदाधिकारी र केन्द्रीय सदस्यहरू वीरगंजमा पुगेका छन् ।
बैठकमा जसपा नेता अशोक राई, भौतिक पूर्वाधार तथा यातायातमन्त्री महम्मद इस्तियाक राई, वन तथा वातावरण मन्त्री प्रदीप यादव, संघीय मामिला तथा प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठ, कृषिमन्त्री मृगेन्द्रकुमार सिंह यादव पनि सहभागी छन् ।
त्यसैगरी बैठकमा मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत पनि सहभागी भएका छन् ।
यसैगरी काठमाडौंमा पनि बाबुराम भट्टराई पक्षले पनि केन्द्रीय समितिको विस्तारित बैठक मंगलबारदेखि जारी छ । उक्त बैठकमा ४३ प्रतिशतभन्दा बढी केन्द्रीय सदस्य सहभागी भएको भट्टराई पक्षले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, असार २९, २०७९ १५:२०