काठमाडौं- नेपाल स्टक एक्सचेन्ज (नेप्से) सेयर बजार आज दोहोरो अंकले वृद्धि भएको छ ।
बुधबार ५९.५४ अंकले बढेको बजार १९८६.८२ बिन्दुमा पुगेर रोकिएको छ ।आज बुधबार ३.०९ प्रतिशतले बजार बढेको हो ।
बुधबार कुल २२५ वटा कम्पनीको ३२ हजार ७८२ वटा कारोबारबाट ५७ लाख ८७ हजार १२६ कित्ता सेयर किनबेच भएको छ ।
यस दिन कारोबार रकम २ अर्ब ४ करोड ४४ लाख ४३ हजार ७ रुपैयाँ बराबरको भएको छ ।
बुधबार सबै उपसमूहको मूल्य बढेको छ । सबैभन्दा धेरै विकास बैंकका लगानीकर्ताले कमाएका छन् ।
नेपाल फाइनान्स र रिलायन्स फाइनान्समा बुधबार पोजेटिभ सर्किट लाग्यो ।
सीइडीबी हाइड्रो, कर्पोरेट विकास बैंक, सिजिटन्स म्यूचअल फण्डसहित करीव एक दर्जन कम्पनीको मूल्य ९ प्रतिशत भन्दा धेरैले बढेको छ ।
यस दिन धेरै घट्नेमा डिभेन्चरहरु रहेका छन् । शिवम् सिमेन्टको सबैभन्दा धेरै कारोबार भएको छ ।
प्रकाशित मिति: बुधबार, असार २९, २०७९ १५:३८