काठमाडाैं - रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेड र सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडबीच गाभ्ने गाभिने सम्बन्धमा प्रारम्भिक सम्झौता सम्पन्न गरेकाे छ ।
रिलायन्सको मिति २०७९/०३/२९ गते बसेको सञ्चालक समितिको १०८ औँ बैठकले रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेड र सानिमा लाइफ इन्स्योरेन्स लिमिटेड एक आपसमा गाभ्ने गाभिने , सो सम्बन्धमा प्रारम्भिक समझदारी पत्रको मस्यौदा स्विकृत गरी सो समझदारी पत्रमा हस्ताक्षर गर्नमा निर्णय गरेको हाे ।
यसकाे आवश्यक सम्पूर्ण प्रक्रिया सम्पन्न गर्नका लागि कम्पनीका सञ्चालक समितिका सदस्य भरत कुमार तोदीलाई अख्तियारी प्रदान गर्ने तथा बीमा समिति लगायत सम्बन्धित निकायहरुमा आशयपत्र पेश गर्ने निर्णय गरेका छन् ।
सोही अनुसार मिति २०७९/०३/२९ गते मेरियट होटल, नक्साल, काठमाडौँमा एक समारोहका बिच रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेड र सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडबीच एक आपसमा गाभ्ने गाभिने सम्बन्धमा प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएको छ । सो प्रारम्भिक समझदारी पत्रमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको तर्फबाट संचालक भरत कुमार तोदी र सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडको तर्फबाट संचालक घनश्याम थापाले हस्ताक्षर गरेका छन् ।
दायित्व तथा सम्पत्ति मुल्यांकन पश्चात् अन्यथा नभएमा १ः१ को स्वाप रेसियो कायम गर्ने प्रारम्भिक सहमती गरिएको छ । उक्त समारोहमा रिलायन्स लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत राकेश पोखरेल र सानिमा लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत श्री अगम मुखियाको सहभागिता रहेको थियो ।
प्रकाशित मिति: बुधबार, असार २९, २०७९ १७:१२