कोलोम्बाे - ‘सुव्यवस्था कायम’ गर्न श्रीलङ्काका प्रधानमन्त्रीले सेनालाई निर्देशन दिएका छन् । श्रीलङ्काका प्रधानमन्त्री रनिल विक्रम सिङ्घेले सेनालाई देशमा पुनः ‘सुव्यवस्था कायम गर्न’ आवश्यक कदम चाल्न आफूले आदेश दिएको बताएका छन् ।
टेलिभिजनमार्फत् सम्बोधन गर्दै उनले देशमा देखिएको समस्याको राजनीतिक समाधान खोज्न आफु तत्पर रहेको हिंसालाई रोक्नुको विकल्प नरहेको बताएका हुन् ।
यसैबीच, श्रीलङ्काका प्रधानमन्त्री रनिल विक्रमसिङ्घेलाई कार्यवाहक राष्ट्रपतिमा नियुक्त गरिएको यहाँको संसद्का सभामुखले बुधबार संसदलाई जानकारी गराएका छन् । उनले प्रधानमन्त्रीको कार्यालय र अन्य सरकारी भवन ओगटेर बसेका प्रदर्शनकारीहरूलाई ती स्थान छोड्न र सरकारी निकायलाई सहयोग गर्न पनि आह्वान गरेका छन् ।
“हामी संविधान च्यात्न सक्दैनौँ । हामी फासीवादीहरूलाई आउन दिन सक्दैनौँ । हामीले प्रजातन्त्रप्रति रहेको यो फासीवादी खतरा टुङ्ग्याउनुपर्छ,” उनले राष्ट्रका नाममा सम्बोधन गर्दै भनेका छन् । - सिन्हवा
प्रकाशित मिति: बुधबार, असार २९, २०७९ १८:२५