काठमाडाैं - लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीमा नयाँ संचालक समितिको चयन भएको छ । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडका अध्यक्षद्वारा पद तथा गोपनियता ग्रहण गराइ नयाँ संचालक समिति चयनकम्पनीले बुधबार गरेकाे हाे ।
लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको १७औं वार्षिक साधारण सभामा संस्थापक शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व हुने ४ (चार) सञ्चालक पदमा विश्वराज रेग्मी, मनोहरदास मुल, अरुणराज श्रेष्ठ र उमेश रेग्मी (प्रतिनिधि–लुम्बिनी बिकास बैंक लि.) निर्विराेध निर्वाचित भएकाे घोषणा निर्वाचन अधिकृतबाट गरेका छन् ।
त्यसैगरी आजै सम्पन्न नवनिर्वाचित सञ्चालकहरु समेतको बैठकले सञ्चालक समितिको अध्यक्षमा मनोहर दास मुललाई नियुक्त गरेको छ ।
नवनियुक्त अध्यक्ष मनोहर दास मुललाई बीमा समितिका अध्यक्ष श्री सूर्य प्रसाद सिलवालज्यूले बीमा समितिको कार्यालयमा आजै पद तथा गोपनियताको सपथ गराए ।
सपथ समारोहमा बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेल, कम्पनीका प्रमुख कार्यकारी अधिकृत एन.पि. प्रधान र कम्पनी सचिव देवेन्द्र कोइरालाको उपस्थिति रहेको थियो ।
प्रकाशित मिति: बुधबार, असार २९, २०७९ १८:४१