काठमाडौं- नेपाली बजारमा बिहीबार सुन तोलामा ३ सय रूपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९४ हजार ६ सय रूपैयाँ कायम भएको छ ।
बुधबार छापावाल सुन प्रतितोला ९४ हजार ३ सय रूपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार यसदिन तेजावी सुन प्रतितोला ९४ हजार १ रूपैयाँ निर्धारण भएको छ ।
महासंघका अनुसार आज चाँदी तोलामा १० रूपैयाँले बढेर प्रतितोला १ हजार १८० रूपैयाँमा कारोबार भइरहेको छ ।
बुधबार चाँदी प्रतितोला १ हजार १७० रूपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित मिति: बिहीबार, असार ३०, २०७९ ११:१९