काठमाडौं - प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संघीय संसद्को उपसभामुखमा सांसद विद्या भट्टराई अघि सारेको छ ।
बिहीबार एमालेले संसद् सचिवालयमा मनोनयन प्रक्रिया अघि बढाएको हो ।
पार्टीभित्र भट्टराईको उम्मेदवारीबारे छलफल गरेर निर्णयमा पुगिएको एमालेले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, असार ३०, २०७९ १२:३९