काठमाडाैं - सिटिजन्स बैंक र सत्य ओमकार डेन्टलबीच विशेष छुटको समझाैता भएकाे छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र भैरहवा ,रुपन्देहीस्थित सत्य ओमकार डेन्टल होम प्रा.लि. बीच सिटिजन्स बैंकका कार्डबाहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको हाे ।
सो समझदारी पश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले सत्य ओमकार डेन्टल होम प्रा.लिका विभिन्न सेवा सुविधाहरुमा १५% सम्म छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।
हालसम्म कार्ड नभएका आफ्ना ग्राहकहरुलाई तत्कालै नयाँ कार्ड उपलब्ध गराउन सिटिजन्स इन्स्ट्यान्ट कार्डको व्यवस्था समेत गरेको बैंकले गरेकाे छ । त्यसैगरि आफ्ना कार्डबाहकहरुको सुविधालाई ध्यानमा राखी नेपाल भित्रका जुनसुकै बैंकको एटिएमबाट पैसा निकाल्दा शुल्क नलाग्ने व्यवस्था पनि बैंकले विभिन्न वचत खातामा गरेको जनाएकाे छ ।
यस प्रकारको सेवाबाट बैंकका ग्राहकहरुले सहज रुपमा सेवा प्राप्त गरि लाभान्वित हुने तथा डिजिटल बैंकिङ सभ्यताको विकास हुने विश्वास बैंकले लिएको छ ।
प्रकाशित मिति: बिहीबार, असार ३०, २०७९ १९:०५