काठमाडौं- आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणत्मक शृंखलाको तेस्रो खेलमा आज नेपाल र नामिबिया भिड्दै छन् ।
नामिबियाको सामना गर्दा नेपाल जितसहित पहिलो खेलमा व्यहोरेको हारको बदला लिन चाहन्छ । शृंखलाको पहिलो खेलमा नेपाल नामिबियासँग ४० रनले पराजित भएको थियो ।
नामिबियाले प्रस्तुत गरेको २२१ रनको लक्ष्य पछ्याएको नेपाल १८० रनमा आलआउट भएको थियो । नामिबियाविरूद्ध नेपालको त्यो पहिलो हार थियो ।
दोस्रो खेलमा भने नेपालले बलियो मानेको स्कल्यान्डमाथि पाँच विकेटको जित निकालेको थियो । त्यसैले दोस्रो खेलमा निकोलको जितपछि नेपाल नामिबियाविरुद्ध उच्च मनोबलका साथ मैदान उत्रनेछ ।
तालिकामा १८ खेल खेलेर १७ अंक जोडेको नेपाल पाँचौं स्थानमा छ । नेपालले लिग २ मा अझै १८ खेल्न बाँकी छ । यसक्रममा नेपालले ८ खेलमा जित निकाल्दा एक खेल ‘टाइ’ र ९ खेलमा पराजय बेहोरेको थियो ।
प्रकाशित मिति: शनिबार, असार ३२, २०७९ १०:४९