कपिलवस्तु - भौतिक पुर्वाधार तथा यातायातमन्त्री मोहम्मद ईश्तियाक राईले कपिलवस्तु नगरपालिकाको पुर्वाधार बिकासका लागी नगरको गुरुयोजना बनाएर अगाडी बढ्नु पर्ने बताए। कपिलवस्तु नगरपालिकाले नवनियुक्त मन्त्री राईलाई आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै उनले सो कुरा बताएको हो ।
बिगतमा आफु शहरी बिकास मन्त्री हुदाँ समेत कपिलवस्तु नगरपालिका क्षेत्रमा बिभिन्न बिकासका योजना दिएको स्मरण गर्दै अब पनि यस नगरको बिकासका लागी योजनाहरु दिन तत्पर रहने उनले बताए। चालु आवको बजेट आए पछि आफु मन्त्री भएको भए पनि केहि कार्यक्रमका अबण्डा रकमहरु कार्यान्वयनमा सहयोग गर्न सक्ने, केहि बिदेशी दातृ निकायको सहयोगको सहरी रोडका साना योजनाहरु कार्यान्वयनमा ल्याउन सक्ने अवस्था रहेकाले सो अनुसार सहयोग गर्ने मन्त्री राईले बताए ।
सो अवसरमा बोल्दै कपिलवस्तु नगरपालिकाका प्रमुख सुदिप पौडेलले मन्त्री राई शहरी बिकास मन्त्री हुदाँ नगर क्षेत्रमा निर्माण भएका अस्फाल्ट प्रबिधिका सडक बनाउन भुमिका खेलेको स्मरण गर्नुभयो । बहादुरगंज जाने चोक देखी तिलौराकोट सम्मको सडक र बजार क्षेत्रमा निर्माण भएको सडकमा लाईटिङ्ग तथा सुन्दरीकरणका लागी आवश्यक बजेट बिनीयोजनका लागी मन्त्रीबाट पहल हुनेमा बिश्वस्त रहेको बताए।
कार्यक्रममा मन्त्री राई सगै लुम्बिनी प्रदेशकी कृषी खाद्य प्रबिधि तथा भुमी व्यवस्थामन्त्री सुमन शर्मा रायमाझिलाई नगर प्रमुख सुदिप पौडेल,उपप्रमुख सुनिता गुप्ता र वडाअध्यक्षहरुले सम्मान गरि मायाको चिनो हस्तान्तरण गरेका थिए । स्वागत तथा सम्मान कार्यक्रममा नगरपालिकाका सामाजिक बिकास सल्लाहकार अब्दुल रसिद खाँ, निमित्त प्रमुख प्रशासकिय अधिकृत हरि प्रसाद ज्ञवाली लगायतको सहभागीता रहेको थियो ।
प्रकाशित मिति: शनिबार, असार ३२, २०७९ ११:२४