काठमाडौं- शुक्रबार दिल्ली पुगेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस नेतृ आरजु देउवाबीच भेटवार्ता भएको छ ।
उपचारका लागि’ केही दिन अघि मात्र आरजु दिल्ली पुगेकी हुन् । प्रचण्ड र आरजुको को शनिबार बिहान पुनः भेटघाट भएको हो । सो क्रममा भारतका लागि नेपाली राजदूत शंकर शर्मा र प्रचण्ड पुत्री गंगा दाहालको उपस्थिती रहेको थियो । शुक्रवार साँझ दूतावासमा आयोजना भएको रात्रि भोजमा पनि प्रचण्ड र देउवाबीच भेटवार्ता भएको थियो ।
प्रचण्डले आजै भारतीय बिदेश मन्त्री एस जयशंकर र भारतीय सुरक्षा सल्लाहकार अजित डोभाललगायतसँग भेटवार्ता गर्दैछन् ।