लमजुङ- बेसीशहर नगरपालिकाले नगरभित्रका उत्कृष्ट २० जना कृषकलाई सम्मान तथा पुरस्कृत गरेको छ ।
नगरपालिकाले आर्थिक बर्ष ०७८/०७९ को कार्यक्रमबाट ‘उत्कृष्ट मेयर सम्मान तथा पुरस्कारस्वरूप शुक्रबार २० जना कृषकलाई सम्मानपत्र र जनही १० हजारबाट पुरस्कृत गरेको हो ।
नगरपालिका कृषि शाखा र पशुपंक्षी तथा मत्स्य विकास शाखाको कार्यक्रमबाट सम्मान तथा पुरस्कृत हुनेमा तरकारी खेती, बाख्रापालन, भैसी पालनतर्फ, घुम्ति गोठ भेडा पालन, सुँगुर पालन र मौरीपालनमा उत्कृष्ट गर्ने किसानलाई प्रोत्साहन स्वरुप पुरस्कृत गरिएको हो ।
सम्मान तथा पुरस्कृत हुनेमा वडा नम्बर(१ बाट देविमाया खवास, गुणराज दवाडी, सिताराम लोहनी, वडा नम्बर( बाट दिपक पराजुली, दिपेन्द्र बोहरा, ज्ञानेन्द्र बोहरा, हिरासिंङ गुरुङ, गणेश खत्री, वडा नम्बर(३ बाट लक्ष्मी थापा, वडा नम्बर(६ बाट विश्वराज थापा, वडा नम्बर(७ बाट सुरज पौडेल, वडा नम्बर(८ बाट मानध्वज आलेमगर, लक्ष्मी पौडेल, वडा नम्बर(९ बाट कालीमाया घर्ती, शोभा खत्री, वडा नम्बर(१० बाट जितबहादुर गुरुङ, बुद्धिराम गुरुङ, ज्योती राउत र वडा नम्बर(११ बाट दुर्गाबहादुर अधिकारी र रामजी पाण्डे छन् ।
कार्यक्रममा नगर प्रमुख गुमानसिंह अर्यालले सीमित साधान र स्रोतका बाबजुद पनि नगरपालिकाले कृषि र पशुपालनको क्षेत्रका नतिजा देखिने गरी काम गर्दै आएको बताए । किसानहरूको मनोबल बढाउन सम्मान तथा पुरस्कृत गरेको उनको भनाई छ ।
नगरप्रमुख अर्यालले किसानहरुको हित र ब्यबसाय प्रर्वर्द्धन गर्ने उदेश्यले आगामी बर्ष कृषि एम्बुलेन्स र हाट बजार सञ्चालन गर्न लागिएको बताए ।
प्रकाशित मिति: शनिबार, असार ३२, २०७९ १४:३१