काठमाडौं- सप्तरीको सप्तकोशी नगरपालिका-५ स्थित चन्द्रनहरमा डुबेर एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तकोशी नगरपालिका(४ का ७० वर्षीय लक्ष्मी सदा रहेका छन् ।
शुक्रबार बेलुका गाई चराएर घर फर्किने क्रममा गाई फर्काउन नहरमा पसेका सदा अचानक डुब्न पुगेका थिए । उनी डुबेको खबर गाउँलेले राति थाहा पाए लगतै प्रहरीलाई खबर गरेको स्थानीयले बताए ।
खबर भएसँगै प्रहरीले नहरको पानी बन्द गराइ खोजी गर्दा शनिबार बिहान ७ बजे उनको शव मृत अवस्थामा चन्द्रनहरभन्दा करिब तीन किलोमिटर दक्षिण बगाएर लगेको अवस्थामा फेला परेको प्रहरी चौकी फत्तेपुरले जानकारी दिएको छ ।
मृतक सदाको शव पोष्टमार्टमका लागि गजेन्द्र नारायण सिंह अस्पताल राजबिराज लगिएको प्रहरीले जनाएको छ । सदा वर्षौँदेखि गाउँभरिका गाईबस्तु चराउने काम गर्दै आएका थिए ।
प्रकाशित मिति: शनिबार, असार ३२, २०७९ १६:३४