काठमाडाैं - जेनिशा गौतमको स्वरमा ‘मंहगी ले मार्यो बरि लै ’नयाँ गीतको भिडियो सार्वजनिक भएको छ ।हिन्दु महिलाहरुले मनाउन हरितालिका तिजमा मंहगीले पारेको प्रभावलाई चित्रण गर्दै जेनिशा गौतमको स्वरमा ‘मंहगी ले मार्यो बरि लै ’नयाँ गीतको भिडियो सार्वजनिक भएको हाे ।
हालै युटुबमार्फत सार्वजनिक भएको गीतमा असोक गुरुङ्गको शब्द सुवास भुसालको संगीत रहेको छ । गीतका एरेजर उदय राज पौडेल हुन् ।
‘मंहगी ले मार्यो बरि लै ’ गीतलाई गायिका, मोडल तथा समाजेसेवी जेनिशा गौतमले निर्माण गरेकी हुन् । हाल जेनिशा अष्ट्रेलियामा बस्दै आएकी छिन् । उनि विदेशमा रहेरमा पनि नेपाली गीतसंगीतमा टेवा पुर्याउदै आएकी छिन् ।
जेनीशा गौतम विभिन्न गीतमा गायन तथा मोडलिङ्ग सहित कलाकारितामा परिचित छिन् । त्यस्तै सामाजिक एबम परोपकारी कार्यहरु पनि गर्दै आएकी छिन् । पवन सुसिलिङ्गको छायाँकन तथा सम्पादन तथा दिपक आचार्यको निर्देशन भिडियोमा रहेको छ ।
‘मंहगीले मार्यो बरि लै ’ गीतको भिडियोमा सामरिका ,स्मारिका , विनु अधिकारी र रश्मी पाण्डेको अभिनय रहेको छ । साथमा बाल कलाकारहरु काव्या बास्कोटा र कृलाभा बास्कोटाको समेत अभिनय देख्न सकिन्छ ।
प्रकाशित मिति: आइतबार, साउन १, २०७९ ०८:२३