काठमाडौं- गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग्दै नेपाल विद्यार्थी संघ (नेविसंघ) र अखिल क्रान्तिकारीले आयोजना गरेको संयुक्त विरोध प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । बालुवाटारमा प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरीले बल प्रयोग गरेपछि प्रदर्शनकारीले ‘प्रहरी दमन मुर्दावाद’ भन्दै नारा लगाएका थिए। प्रहरीको दमनमा परि केहि प्रदर्शनकारी घाईते समेत भएका छन् ।
उनीहरुले राष्ट्र बैंकलाई केन्द्रित गरेर बिहान १० बजे बालुवाटारमा प्रदर्शन गर्ने कार्यक्रम तय गरेका थिए । प्रदर्शनलाई लक्षित गरी राष्ट्र बैंक वरपर प्रहरीको तैनाथी बढाइएको छ ।
प्रकाशित मिति: आइतबार, साउन १, २०७९ १०:३५