काठमाडौं - नेपाली बजारमा आइतबार सुन तोलामा २ सय रूपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९३ हजार ६ सय रूपैयाँ कायम भएको छ । शुक्रबार छापावाल सुन प्रतितोला ९३ हजार ८ सय रूपैयाँमा कारोबार भएको थियो ।
यस्तै यसदिन तेजावी सुन प्रतितोला ९३ हजार १ सय रूपैयाँ निर्धारण भएको छ । महासंघका अनुसार आज चाँदी १५ रूपैयाँले बढेर प्रतितोला १ हजार १६० रूपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी प्रतितोला १ हजार १४५ रूपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित मिति: आइतबार, साउन १, २०७९ ११:५९