काठमाडौं- नेपालमा कोरोनाभाइरसको सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा १३५ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको हो । ३ हजार ४१ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ११४ तथा एन्टिजेन विधिबाट २१ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
यही अवधिमा थप ५९ जना सङ्क्रमणमुक्त पनि भएका छन् । नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या १ हजार ४३९ पुगेको छ ।
नेपालमा हालसम्म ११ हजार ९५३ जनाले कोभिड–१९ बाट ज्यान गुमाइसकेका छन् ।