काठमाडौं-आइसिसी विश्वकप लिग क्रिकेटमा स्कटल्याण्डविरुद्ध तीन नेपाली खेलाडी परिवर्तन गरेकाे छ ।
आइसिसी विश्वकप लिग क्रिकेट दुई अन्तर्गत त्रिदेशीय एकदिवसीय सिरिजमा नेपालले टस हारेपछि पहिले ब्याटिङको निम्तो पाएकोमा स्कटल्याण्डविरुद्ध आजको खेलमा नेपालले तीन जना खेलाडी परिवर्तन गरेको छ ।
स्कटल्याण्डको ग्लासगोमा स्कटल्याण्डले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेपछि नेपालले ब्याटिङको निम्तो पाएको हो ।परिवर्तन तीन जना खेलाडीहरु पवन सर्राफ, आदिल अन्सारी र बसिर अहमद रहेका छन् ।
त्रिदेशीय सिरिजअन्र्गत स्कटल्याण्डसँग नेपाल दोस्रो पटक भिड्न लागेको हो । यसअघि भएको स्कटल्याण्डविरुद्धको पहिलो खेलमा नेपालले जित हासिल गरेको थियो । नेपालले स्कटल्याण्डलाई पाँच विकेटले पराजित गरेको थियो ।
पवनको स्थानमा करण केसी, आदिलको स्थानमा विनोद भण्डारी र बसिरको ठाउँमा किशोर महतोले मौका पाएका छन् । किशोरले भने एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा डेब्यु गर्न लागेका हुन् ।
प्रकाशित मिति: आइतबार, साउन १, २०७९ १८:५९