काठमाडाैं- कामना सेवा विकास बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा विनय दाहाल नियुक्त भएका छन् ।
कामना सेवा विकास बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत पदमा एन.आई.सि एसिया बैंक तथा नबिल बैंकसँग आबद्ध भएर पनि काम गरी सकेका विनय दाहाल नियुक्त भएका हुन् ।
बैंकिङ क्षेत्रमा करिब ३ दशक लामो कार्य अनुभव हासिल भएका दाहाल विगत ५ वर्ष देखि एन.एम.बि. बैंकको उच्च तहमा रही काम गर्दै आएकोमा पछिल्लो २ वर्ष देखि बैंकको व्यापार तथा योजना प्रमुखको जिम्मेवारी वहन गर्दै आएका हुन् ।
बैंकिङ क्षेत्रमा लामो अनुभव संगालेका दाहालले बैंकको नायब प्रमुख कार्यकारी अधिकृतको भूमिका सफलतापूर्वक निर्वाह गरी बैंकलाई थप उचाइमा पुर्याउने बैंकले विश्वास लिएको छ ।
प्रकाशित मिति: सोमबार, साउन २, २०७९ ०८:२२