एजेन्सी- युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सुरक्षा निकायका प्रमुख र अभियोजक जनरललाई पदमुक्त गरेका छन् ।
सुरक्षा निकाय प्रमुख इभान बाकानोभ र अभियोजनकर्ता इर्ना भिनिडिकटोभालाई पदबाट निष्कासन गरिएको जानकारी राष्ट्रपति जेलेन्स्कीले भिडियो सम्बोधनमार्फत् दिएका हुन् ।
दुई शक्तिशाली संगठनमा रहेर उनीहरुले देशद्रोहका धेरै मुद्दाहरूमा सामेल भएको आरोप लगाउँदै जेलेन्स्कीले दुबैलाई बर्खास्त गरेका हुन् ।
रुसले कब्जामा लिएको क्षेत्रमा ६० भन्दा बढी पूर्व कर्मचारीहरु युक्रेन विरुद्ध काम गरिरहेको पनि जेलेन्स्कीको भनाइ छ ।
कानुन कार्यान्वय अधिकारीहरु विरुद्ध नै देशद्रोह र विद्रोही पक्षलाई सहयोग गरेका ६ सय ५१ वटा मुद्दा रहेको उनको भनाइ छ । राष्ट्रपतिबाट निस्कासित दुबै अधिकारीले यस विषयमा कुनै पनि प्रतिक्रिया दिएका छैनन् ।
प्रकाशित मिति: सोमबार, साउन २, २०७९ ०८:२७