काठमाडौं - नेपाली बजारमा सोमबार सुन तोलामा ८ सय रूपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९४ हजार ४ सय रूपैयाँ कायम भएको छ । आइतबार छापावाल सुन प्रतितोला ९३ हजार ६ सय रूपैयाँमा कारोबार भएको थियो ।
यस्तै यसदिन तेजावी सुन प्रतितोला ९३ हजार ५ सय रूपैयाँ निर्धारण भएको छ । महासंघका अनुसार आज चाँदी तोलामा ५ रूपैयाँले बढेर प्रतितोला १ हजार १६५ रूपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी प्रतितोला १ हजार १६० रूपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित मिति: सोमबार, साउन २, २०७९ ११:३७