काठमाडाैं - नेपाली शारिरीक सुगठन खेलाडी राजु राईले ५४ औं एशियन शारिरीक सुगठन तथा फिजिक स्पोर्टस् अन्तरगत फिटनेश फिजिकमा तेश्रो स्थान प्राप्त गर्न सफल भएका छन् ।
मालदिभ्समा आयोजना भईरहेको ५४ औं एशियन शारिरीक सुगठन तथा फिजिक स्पोर्टस् अन्तर्गत फिटनेश फिजिकमा नेपाली शारिरीक सुगठन खेलाडी राजु राईले तेश्रो स्थान प्राप्त गर्न सफल भएको टिम व्यवस्थापक संघका उपाध्यक्ष दिनेश राजभण्डारीले बताएका हुन् ।
राजुले १७० से.मि. सम्मको समूहमा तेश्रो स्थान प्राप्त गर्दै कास्य पदक हात पारेका हुन् । २४ राष्ट्र सहभागि सो विधामा राजुले स्पाईडर म्यान प्रदर्शन तथा फिजिक तर्फ पदक जित्न सफल भएको उपाध्यक्ष राजभण्डारीले जानकारी गराए ।
यस अघि पनि नेपाली खेलाडीहरुले एशियन शारिरीक सुगठनमा पदक प्राप्त गरिसकेका छन् । यस्तै सोहि प्रतियोगिताका दौरान शारिरीक सुगठन खेलको विकासमा ठोस योगदान पु¥याए बापत विश्व शारिरीक सुगठन तथा फिजिकल फिटनेश महासंघले नेपाल शारिरीक सुगठन तथा फिजिकल फिटनेशका अध्यक्ष राजेश बाबु श्रेष्ठलाई Distinguished Awardले सम्मान गरेको समेत मालदिभ्सबाट उपाध्यक्ष भण्डारीले जानकारी गराए ।
प्रतियोगतामा राजु सहित सुजिता मानन्धर र उमेश राई पनि सहभागिता जनाउन त्यस तर्फ गएका छन् । सुजिताले सोमबार आफ्नो फिजिक अन्तरगतको विधमा प्रतिस्पर्धा गर्दै छिन् । यस्तै उमेश राईले बुधबार प्रतिस्पर्धा गर्दैछन् ।
प्रतियोगितामा नेपालका तर्फबाट निर्णायकको भूमिका निर्वाह गर्न अन्तराष्ट्रिय निर्णायक एवं संघका वरिष्ठ उपाध्यक्ष विजय लाल कायस्थ, नानी काजी डङ्गोल र लक्ष्मण महत पनि मालदिभ्समा गएका हुन् । नेपालले २०२३ मा ५५ औं एशियन शारिरीक सुगठन तथा फिजिक स्पोर्टस् आयोजना गर्ने भएको छ ।
तल भिडियाे हेर्नुहाेस्:
[video width="640" height="368" mp4="http://prabhabonline.com/wp-content/uploads/2022/07/video-1658070249.mp4"][/video]
प्रकाशित मिति: सोमबार, साउन २, २०७९ १९:१३