काठमाडाैं - काठमाडाैंमा भोलि मङ्गलवारदेखि १८ वर्षमाथिका उमेर समूहका नागरिकलाई कोरोना भाइरसविरुद्धको बुस्टर मात्रा खोप दिइने भएको छ ।
काठमाडाैं जिल्लाका सबै स्वास्थ्य संस्थामा १८ वर्षमाथिका नागरिकलाई भोलिदेखि ६ गतेसम्म कोरोनाविरुद्धको कोभिशिल्ड खोपको बुस्टर मात्रा दिन लागिएको जिल्ला स्वास्थ्य कार्यालय काठमाडाैंले जनाएको हाे ।
बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म काठमाण्डौका सबै स्वास्थ्य संस्थामा खोप कार्यक्रम सञ्चालन गरिने कार्यालयका निमित्त प्रमुख वसन्त अधिकारीले जानकारी दिए ।
दोस्रो मात्रा खोप लगाएको तीन महिना पुगेकाले बुस्टर खोप लगाउन मिल्छ । ज्वरो आइरहेका र अरू कारणले बिरामी भएकालाई खोप नलगाउन डाक्टरको सुझाव छ ।
खोप लगाउन जाने व्यक्तिले पहिलो र दोस्रो मात्रा खोप लगाएको खोप कार्ड वा विद्युतीय दर्ता गरेको प्रिन्ट कपीसहित जान पनि स्वास्थ्य कार्यालयले अनुरोध गरेको छ ।
प्रकाशित मिति: सोमबार, साउन २, २०७९ १९:५३