काठमाडाैं - सगरमाथा इन्स्योरेन्स कम्पनि लिमिटेडद्वारा २६औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेकाे छ ।
सगरमाथा इन्स्योरेन्स कम्पनि लिमिटेडले आफ्नो स्थापनाको २६औं वर्ष पुरा गरि २७औं वर्ष प्रवेश गरेको उपलक्ष्यमा कम्पनीको प्रधान कार्यालय, नक्सालमा रक्तदान कार्यक्रम संचालन गरेको हाे ।
उक्त कार्यक्रममा ३९ जना रक्तदाताहरुले रक्तदान गरेकाे कम्पनीले बताएकाे छ । सोहि अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्री ज्युले रक्तदान गर्ने सबैलाई धन्यवाद ज्ञापन गरे ।
प्रकाशित मिति: सोमबार, साउन २, २०७९ २०:०९