काठमाडौं- नेपाली बजारमा मंगलबार सुन तोलामा २ सय रूपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन घटेर प्रतितोला ९३ हजार ८ सय रूपैयाँ कायम भएको छ । सोमबार छापावाल सुन प्रतितोला ९४ हजार रूपैयाँमा कारोबार भएको थियो ।
यस्तै यसदिन तेजावी सुन प्रतितोला ९३ हजार ३ सय रूपैयाँ निर्धारण भएको छ । आज चाँदी तोलामा ५ रूपैयाँले घटेर प्रतितोला १ हजार १६० रूपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी प्रतितोला १ हजार १६५ रूपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित मिति: मंगलबार, साउन ३, २०७९ ११:५८