एजेन्सी - बेलायतमा तापक्रम बढेर ३९.१ डिग्री सेल्सियस पुगेकाे छ । बेलायतमा मङ्गलबार ३९.१ डिग्री सेल्सियस (१०२.४ डिग्री फरेनहाइट) तापक्रम रेकर्ड गरिएको छ ।
मौसम विज्ञान निकाय, मौसम कार्यालयका अनुसार यो तामक्रम यस वर्षको सबैभन्दा उच्च हो । ग्याटविक एयरपोर्टमा रेक्कर्ड गरिएको यसअघिको ३८. ७ डिग्री सेल्सियसको रेकर्डलाई तल पार्दै उच्च विन्दुमा पुगेको छ।
साथै युरोपमा यस वर्ष उच्च गर्मीको लहर आउँने प्रक्षेपण गरिएको छ ।
प्रकाशित मिति: मंगलबार, साउन ३, २०७९ १९:११