सरकारले भिजिट नेपाल २०२० को तयारीमा कमी गरेको देखिएको छ । भिजिट नेपाल भनेपछि नेपालका सबै पर्यटकीय क्षेत्रको बारेमा जानकारी ल्याउनुपथ्र्यो । घोषणा गरेर मात्र पूरा हुने होइन, यसका लागि गर्नुपर्ने पूर्वतयारी गरेको देखिएको छैन । पर्यटकहरूलाई लोभ्याउने कुनै योजना अघि ल्याइएको देखिएको छैन । केवल उद्घाटनलाई खर्चिलो बनाउनेभन्दा अरु काम केही गरिएको छैन । अन्तर्राष्ट्रिय स्तरको विज्ञापन गरिएको देखिएको छैन । भिजिट नेपाल भन्नेबित्तिकै पर्यटकहरू नेपाल आउने होइनन् । उनीहरूलाई नेपालमा दिइने सुविधा मात्र नभएर उनीहरूले पाउने आनन्दको प्याकेट पस्कन नसक्ने सरकारले जनताबाट संकलन भएको राजस्व भनौँ नेपालीले गाँस काटेर तिरेको करलाई उद्घाटनमा नै सक्नेभन्दा अरु केही काम भएको छैन ।
नेपाल भ्रमण वर्ष भन्ने सरकारले मधेसको कुनै भौगोलिक अवस्था र मधेसमा रहेको पर्यटकीय क्षेत्रको प्रचार पनि गरिएको देखिएको छैन । पर्यटकहरूको एक तिहाईलाई मधेस भ्रमण गराउने उद्देश्यका साथ ‘भिजिट नेपाल–२०२०’ को घोषणा गरिनुपथ्र्यो । भिजिट नेपाल भनेपछि बाह्य पर्यटक मात्र भित्र्याउने होइन, यो त आन्तरिक पर्यटकलाई पनि विभिन्न स्थानमा पु¥याउनुपर्ने अभियान हो । आन्तरिक पर्यटनलाई बढावा दिनु पनि भ्रमण वर्षको मुख्य उद्देश्य हुनुपथ्र्यो । त्यसो भएको देखिएको छैन । भिजट मधेसबिना भिजिट नेपाल अपुरो हुन्छ भन्नेसम्म सरकारले थाहा पाएन । तराई मधेसको फरक हावापानी, पर्यावरण, एतिहासिक, पुरातात्विक, धार्मिक एवं प्राकृतिक सम्पदा तथा धरोहरहरूले पर्यटकहरूलाई झन् आकर्षित गर्न मद्दत गर्ने छ । तराई मधेसमा रहेका प्रचुर सम्भावना बोकेका गन्तव्यहरूको प्रवद्र्धधन एवं संरक्षण गर्न सकियो भने नेपालको पर्यटन क्षेत्रमा थप ठूलो क्रान्ति हुन सक्छ । पर्यटकहरूको नेपाल बसाइको अवधिसमेत बढ्न सक्ने सकारात्मक अवस्था सिर्जना हुने सम्भावना छ भन्ने सरकारले जान्नुपर्छ ।
नेपाल भ्रमण वर्षमा तराई मधेसको २२ वटै जिल्लालाई जोड्दै पर्यटनमैत्री वातावरण निर्माण गर्न सक्नुपर्छ । यसले नेपालभित्र रहेका तराई–मधेसका पर्यटकीय गन्तव्य, संस्कृति, खानपान, रहनसहन, भेषभुषा एवं विशेषताहरूलाई विभिन्न किसिमको कार्यक्रम सञ्चालन गरी राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा प्रवद्र्धन एवं चिनाउँदै अगाडि बढ्न सक्छ । नेपालमा उद्योग, कलकारखाना नभएकाले विदेशी मुद्रा आर्जन गर्नु पर्यटनभन्दा अरु हुनै सक्दैन । विकास र समृद्धिमा पर्यटन क्षेत्रले ठूलो योगदान पु¥याउँदै आएकाले पर्यटनको बिकासले कुल ग्राह्र्रस्थ उत्पादनमा पनि अप्रत्याशित बढोत्तरी गर्न सक्ने र रोजगारको अवसरहरू सिर्जना गर्न कोशेढुंगा साबित हुन सक्छ । तराई÷मधेसको पर्यटन प्रर्वद्धनबिना समग्र नेपालको पर्यटन क्षेत्रको विकास र समृद्धि असम्भव रहेकाले पनि नेपाल भ्रमण वर्ष मनाउने क्रममा कुनै पनि भूगोललाई छाड्न मिल्दैन । तयारीबिनाको नेपाल भ्रमण वर्ष साँच्चिकै सम्झनलायक हुनुपर्छ । बजेट पचाउने र केही व्यक्ति मात्र मोटाउने परिपाटी बन्द गराएर नेपाल भ्रमण वर्षलाई सफल बनाउन सरकारले कन्जुस्याईँ गर्न मिल्दैन ।
प्रकाशित मिति: बिहीबार, पुस २४, २०७६ ०६:१५