काठमाडौं– अभिनेता तथा निर्माता नवल खड्का ‘राष्ट्रवादी नायक’को उपाधिबाट सम्मानीत भएका छन् ।
दाङमा आयाुजित ‘बुध्द, सुर्य चलचित्र महोत्सव–२०७६’मा उनलाई सम्मान गरिएको हो । उक्त कार्यक्रमको प्रदेश नं.५ का सभामुख पूर्ण बहादुर घर्तीले उद्घाटन गरेका थिए । सोही उद्घाटन कार्यक्रममा नायक तथा निर्माता खड्कालाई सम्मानित गरिएको हो । अभिनेता खड्काले पछिल्लो समय नेपाल–भारतको सीमामा काँडेतार अभियान चलाउँदै आएका छन् ।
कार्यक्रममा प्रदेश नं. ५का सभामुख घर्ती र सांसदहरू दामा शर्मा, सरस्वती गौतम, अमर डाँगी, ईन्द्रजित थारु, प्रमुख जिल्ला अधिकारीलगायतको उपस्थिति थियो । कार्यक्रममा निर्देशक नविन सुब्बा, निर्देशक, निर्माता मुनाल घिमिरे, अमृत सुनुवार, बिनोद श्रेष्ठ, अनुप सुवेदीलगायतलाई पनि सम्मान गरिएको छ । मंगलबार उद्घाटन गरिएको महोत्सव आज बिहीबार समापन हुँदैछ ।