नेपालगञ्ज -
सामाजिक सद्भावका लागि स्थानीय सरोकारवालाहरु एकजुट भएर लाग्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।
युएनडिपिको सहयोगमा बासद्धारा सञ्चालित सामाजिक सद्भावका लागि लोकतान्त्रिक सहभागिता कार्यक्रमको आयोजनामा बाँकेको राप्तीपारीका २ गाविस गंगापुर र फत्तेपुरमा कार्तिक १० गते सम्पन्न सामाजिक सद्भाव सम्वन्धिको कार्यशाला गोष्ठिको सहभागिहरुले उक्त प्रतिबद्धता व्यक्त गरेका हुन् ।
स्थानीय स्तरमा सामाजिक सद्भाव भड्किन नदिन सबैको संयुक्त प्रयासको खाँचो भएको सहभागिहरुले बताएका थिए । गंगापुर गाविसमा सम्पन्न कार्यक्रममा ४६ जना स्थानीय सरोकारवालाहरुको सहभागिता रहेको थियो । कार्यक्रम संयोजक शम्भु शाही र कार्यक्रम सहायक खेम बिष्टले सहजिकरण गरेको कार्यक्रममा राजनीतिक दल, धार्मिक अगुवा, युवा, बालबालिका, वडा नागरिक मञ्च, नागरिक सचेतना केन्द्रका प्रतिनिधि लगाएतको सहभागिता रहेको थियो । कार्यशालामा सामाजिक सद्भाव, सहभाव, सामाजिक सहिष्णुता, सामाजिक सुरक्षा आदि बिषयमा सहजिकरण गरिएको थियो ।
यसैगरि आज फत्तेपुरमा सम्पन्न कार्यक्रममा सामाजिक सद्भावका लागि एकताबद्ध भएर लाग्ने प्रतिबद्धता सरोकारवालाहरुले व्यक्त गरेका छन् । बासका अध्यक्ष मन भण्डारी र कार्यक्रम संयोजक बिनोद शर्माले सहजिकरण गरेको कार्यक्रममा फत्तेपुरका राजनीतिक दल प्रतिनिधिहरु सुरज राज मल्ल र दुर्गा प्रसाद पाण्डेले सामाजिक सद्भाव समाजको आवश्यकता भएको बताए । कार्यक्रममा ३० जनाको सहभागिता रहेको थियो ।
प्रकाशित मिति: बिहीबार, कात्तिक ११, २०७३ ११:४९