काठमाडाैं - मुक्तिनाथ विकास बैंक बिजनेस एक्सीलेन्स् अवार्ड ईन द वर्ल्ड “ द बिज अवार्ड २०२२” द्वारा विभिन्न ६ विघाहरु मा मुल्याङ्कन गरी उक्त संगठनबाट सम्मानित भएको छ ।
वल्र्ड कन्फेडेरेसन अफ बिजनेस वर्ल्ड कब (WORLD CONFEDERATION OF BUSINESS- WORLDCOB)द्वारा आयोजना गरिएको सो कार्यक्रमका विश्वभरीका १३० वटा देशहरुका ३,५०० भन्दा बढि व्यापार सदस्यहरुको प्रतिनिधित्व गर्दै आएको छ ।
मुक्तिनाथ विकास बैंकलाई सोही क्रममा बिजनेस एक्सिलेन्स सर्टिफिकेटद्वारा र यस बैंकमा प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेललाई पनि "बिजनेस एक्सिलेन्स सर्टिफिकेट वर्ल्ड कब"ले सम्मानित गरेको हो ।
यस सम्मानले बैंकलाई भविष्यमा आफ्नो व्यापार प्रणालीमा अझ थप रणनीति बनाउन र ग्राहकहरुका लागि नविनतम सेवाहरु ल्याउन उत्साहित बनाएको छ ।
बैंकले यस अघि युरोपियन माइक्रो फाइनान्स अवार्ड २०२० समेत हासिल गरेको थियो भने “ग्लोबल एसएमई अवार्ड २०२१” को एसएमई फाइनान्सियर अफ द इयर एशिया विधामा पनि बैंक सम्मानित भएको थियो ।
यसकासाथै, बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न यस विकास बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिजा नेटवर्क मा आवद्ध अन्य जुन सुकै बैंकका एटिएम मेसिनबाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।
प्रकाशित मिति: बिहीबार, साउन ५, २०७९ ०८:११