काठमाडौं — महानगर कप भलिबल अन्तर्गत महिलातर्फको उपाधिका लागि चन्द्रागिरी नगरपालिका र ललितपुर महानगरपालिका भिड्ने भएका छन् । जवालाखेल भलिबल प्रशिक्षण केन्द्रमा बुधबार भएको पहिलो सेमिफाइनलमा विदुर नगरपालिकालाई ३–० को सेटमा पराजित गर्दै चन्द्रागिरी फाइनल पुगेको हो । उपाधि नजिक पुग्ने क्रममा चन्द्रागिरीले विदुरलाई २५–१४, २५–१५ र २५–९ को सेटमा पराजित गर्यो।
अब चन्द्रागिरीले उपाधिका लागि आयोजक ललितपुर महानगरपालिकासँग खेल्नेछ । ललितपुरले दोस्रो सेमिफाइनलमा गोकर्णेश्वरलाई २५–१३, २५–१३ र २५–१६ ले पराजित गर्दै चन्द्रागिरीसँगको फाइनल भेट पक्का गरेको हो । महिलातर्फ गोकर्णेश्वर तेस्रो भयो । बुधबार नै भएको खेलमा गोकर्णेश्वरले विदुरलाई २३–२५, २५–१५,२५–१० र २५–१७ ले पाखा लगायो । पुरुषतर्फको सेमिफाइनल समीकरण पुरा भएको छ । पुरुषतर्फको सेमिफाइनलमा चौताराले महालक्ष्मीसँग खेल्नेछ । यस्तै अर्को सेमिफाइनलमा ललितपुरले कमलामाईसँग खेल्नेछ ।
बुधबार भएको क्वाटरफाइनलमा चौताराले बनेपालाई २५–१९, २५–१७ र २५–२१ ले पराजित ग¥यो । महालक्ष्मीले गोकर्णेश्वरलाई २२–२५, २३–२५, २५–१९, २५–२१ र १५–१२ ले पाखा लगायो । ललितपुरले कागेश्वरीलाई २२–२५, २५–२०, २५–१६ र २५–१३ ले पराजित ग¥यो । त्यस्तै कमलामाईले पनौतीलाई २५–१८, २५–२० र २६–२४ ले हराएर अन्तिम चारको यात्रा तय गरेको हो । ललितपुर महानगरपालिकाको १ सय १ औं स्थापना दिवसको अवसरमा जारी प्रतियोगिताको महिला र पुरुष दुवैको विजेताले २ लाख, उपविजेताले १ लाख र तेस्रोले ५० हजार पाउने छन् । यस्तै चौंथोले २५ हजार पाउने छ । सेमिफाइनलमा पुग्ने टिमले १५÷१५ हजार पाउने छन् ।