काठमाडौं- निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणमा अनधिकृत व्यक्ति संलग्न नरहेको बयान दिएका छन् ।
अर्थमन्त्रालयमा अनधिकृत व्यक्ति प्रवेशबारे अध्ययन गर्न गठित संसदीय छानविन विशेष समितिलाई जवाफ दिँदै शर्माले उक्त जवाफ दिएका हुन् ।
संसदमा आर्थिक वर्ष २०७९/०८० को बजेट बजेट पेस गर्नु अघिल्लो दिन जेठ १४ गतेराति अर्थमन्त्रालयमा अनधिकृत व्यक्ति प्रवेश गराएर करको दर हेरफेर गरेको आरोप उनीमाथि छ ।
छानबिन समितिले अध्ययनको क्रममा आरोप बमोजिम अर्थमन्त्रालयबाट सीसीटिभी फुटेज फेला पार्न भने सकेको छैन ।