काठमाडौं- नेपाली बजारमा बिहीबार सुन तोलामा १ हजार रूपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९३ हजार रूपैयाँ कायम भएको छ । बुधबार छापावाल सुन प्रतितोला ९४ हजार रूपैयाँमा कारोबार भएको थियो ।
यस्तै यसदिन तेजावी सुन प्रतितोला ९२ हजार ५ सय रूपैयाँ निर्धारण भएको छ । महासंघका अनुसार आज चाँदी १० रूपैयाँले घटेर प्रतितोला १ हजार १५५ रूपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी प्रतितोला १ हजार १६५ रूपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित मिति: बिहीबार, साउन ५, २०७९ १२:०१