काठमाडौं — सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको बुधबार दुईवटा खेल सम्पन्न भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा पुलिसविरुद्ध च्यासलले २–२ को बराबरीमा रोकेको छ भने पहिलो खेलमा थ्रीस्टार क्लबले ब्रिगेड ब्वाइज क्लबलाई पराजित गरेको छ । उक्त खेलमा थ्रीस्टारले क्लबले ब्रिगेड ब्वाइज क्लबलाई ३–१ गोलअन्तरले पराजित गर्दै विजयी भएको हो ।
बुधबार सम्पन्न च्यासल र नेपाल पुलिसबीचको दोस्रो खेलको पहिलो हाफमा २–१ ले पछि रहेको च्यासलले सन्तोष साहुखलको व्यक्तिगत दोस्रो गोलमा २–२ को बराबरी गरेको हो । उनले ४९ मिनेटमा गोल गरेका हुन् । यस सँगै सन्तोषले लिगमा १०१ औं गोल पुरा गरेका छन् । लिगमा शतक गोल गर्ने सन्तोष पहिलो खेलाडी हुन् ।
यस अघि खेलको ५ औं मिनेटमा निर कुमार राईले गोल गर्दै पुलिसलाई अग्रता दिलाएका थिए । निरले सुमन लामाको फ्रिकिक पासमा भली गोल गरे ।
तर, खेलको १८ औं मिनेटमा सन्तोष साहुखलले गोल गर्दै च्यासललाई खेलमा फर्काए । त्यसपछि खेलको ४० औं मिनेटमा सुमन लामाले गोल गर्दै पुलिसलाई २–१ को अग्रता दिलाएका थिए । मा अहिले नेपाल पुलिस क्लब र च्यासल युथ क्लबबीच प्रतिस्पर्धा भईरहेको छ ।
त्यसअघि सम्पन्न पहिलोखेलमा थ्रीस्टारको जीतका लागि सुशान्त श्रेष्ठ, अनन्त तामाङ र विदेशी खेलाडी वासिउ ओलादिरान हाजमातले एक एक गोल गरेका थिए । खेलको १५ औँ मिनेटमा सुशान्तले गोल गर्दै थ्रीस्टारलाई पहिलो अग्रता दिलाए । उनले अशोक खवासको पासमा करिब सिक्स यार्ड बक्सभित्रबाट गोल गर्दै थ्रीस्टारलाई पहिलो अग्रता दिलाएका हुन् ।
त्यसपछि खेलको ४१ औँ मिनेटमा अनन्तले गोल गर्दै थ्रीस्टारलाई २–० को अग्रता दिलाए । उनले मिक्छेन तामाङको कर्नर पासमा हेड गोल गरेका थिए । त्यस्तै खेलको ५८ औँ मिनेटमा थ्रीस्टारका हाजमातले एक गोल थपे । ब्रिगेड ब्वाइजका खेलाडी रोशन रानामगरले खेलको ८९ औँ मिनेटमा एक सानत्वना गोल फर्काए । जीतस“गै थ्रीस्टारले पा“च खेलमा १० अङ्क जोडेर लिगको तेस्रो स्थानमा उक्लियो । पराजित ब्रिगेड ब्वाइज समान पाँच खेलमा छ अङ्कका साथ सातौ स्थानमा छ ।
खेलमा तीन गोलले पछि परेको ब्रिगेड ब्वाइज खेलको ६६ औंँ मिनेटमा दिपकराज सिंहले रातोकार्ड पाउँदै मैदानबाट बाहिरिएपछि १० खेलाडीमा सीमित भएको थियो । थ्रीस्टारका अशोक खवासलाई खराब ट्याकल गरेर लडाएपछि उनले रातो कार्ड पाएका थिए ।