काठमाडौं- मिस युनिभर्स नेपाल २०२२ को चयन सुरु भएको छ । यो प्रतियोगितामा पहिलो चरणमा विभिन्न ३९ जना प्रतिस्पर्धीहरु चयन भएका छन् । उनीहरु सबै अनलाईन अडिसनबाट चयन भएका हुन् ।
जसमा डक्टर आयुष्नोभा ढुँगाना पनि चयन भएकी छिन् । यी ३९ जनामा बहुसँख्यक प्रतियोगीहरु मोडल छन् । केही नयाँ अनुहार पनि छन् । मोडलिङमा डक्टर आयुष्नोभा ढुँगाना पनि नयाँ अनुहार हुन् । तर उनीसँग आफ्नो क्षेत्रको विज्ञता छ । आयुष्नोभाले गत वर्ष बँगलादेशबाट छाला रोग विषयमा एमबिबिएस गरेकी हुन् । बँगलादेशबाट पढाई सकेर नेपाल फर्किएकी डा. आयुष्नोभा अहिले नेपालमै विरामीहरुको सेवा गरिरहेकी छिन् ।
हाल काठमाडौंमा रहेर छालारोग सम्बन्धि सेवा दिईरहेकी उनी मिस युनिभर्स नेपाल २०२२ पछि काठमाडौंबाट केही दुर्गम ठाउँमा गएर आफ्नो सेवा दिने योजनामा छिन् ।
यसपटक उनी सबैका लागि स्वास्थ्य भन्ने नारा सहित मिस युनिभर्स नेपाल २०२२ मा सहभागी भएकी छिन्,‘एउटा डक्टरले बिरामीलाई त निरन्तर सेवा दिएकै हुन्छ । डक्टरले मिस युनिभर्स नेपाल भएर मिस युनिभर्समा गई नेपाललाई चिनाउन सक्छ भन्ने उदाहरण बन्न चाहन्छु ।’ उनले भनिन् ।आगामी १९ अगष्ट चयन हुने मिस युनिभर्स नेपालमा ताज नै जित्ने लक्ष्य सहित आफु प्रस्तुत हुने आयुष्नोभाको कथन छ ।
डाक्टर आयुष्नोभाको कथनमा नेपालमा मिस युनिभर्स, मिस वल्र्ड नेपाललाई राज्यले सहयोग गरेको छैन । प्रतियोगी नारीले अन्तराष्ट्रिय प्लेटफर्ममा गएर नेपाललाई चिनाउनेहुँदा नेपाली प्रतियोगीहरुलाई राज्यले सघाउनु पर्ने, हौसला दिनु पर्ने सुझाब आयुष्नोभाको रहेको छ ।
प्रकाशित मिति: बिहीबार, साउन ५, २०७९ १७:०९