नयाँ दिल्ली - भारतमा थप २१ हजारभन्दा बढी कोभिड सङ्क्रमित भएका छन् । भारतमा शुक्रबार पनि कोभिड–१९ सङ्क्रमितको सङ्ख्यामा वृद्धि भएको स्वास्थ्य मन्त्रालयले जनाएकाे हाे ।
पछिल्लो २४ घण्टामा देशभर २१ हजारभन्दा बढी व्यक्ति कोभिड–१९ बाट सङ्क्रमित भएकाे स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।
संघीय स्वास्थ्य मन्त्रालयको तथ्याङ्कमा विगत २४ घण्टामा २१ हजार ८८० थप व्यक्तिमा कोभिड–१९ सङ्क्रमित भएका पुष्टि गरिएको छ ।
सङ्क्रमितको सङ्ख्यामा भएको वृद्धिसँगै भारतमा पछिल्लो समय दैनिक सङ्क्रमण दर ४.५१ प्रतिशत र साप्ताहिक सङ्क्रमण दर ४.५१ प्रतिशत रहेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।
(फाइल फाेटाे)
प्रकाशित मिति: शुक्रबार, साउन ६, २०७९ १८:५५