काठमाडाैं - मौद्रिक नीति आउने दिनमै सेयर बजारमा २७ अंकको गिरावट आएकाे हाे ।
नेपाल स्टक एक्सचेन्जका अनुसार यस दिन नेप्से सूचक २७.२६ अंकले घट्दै २ हजार १७.४६ अंकमा झरेको हो ।
शुक्रबार आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति आएको छ ।
अघिल्लो दिन यस्तो सूचक ५ अंकले घट्दै २ हजार ४४.७२ अंकमा अडिएको थियो ।
यस दिन १३ वटै उपसूचक ऋणात्मक भएर सेयर बजार नै राताम्मे हुन पुगेको छ ।
सबैभन्दा बढी व्यापार समूहको उपसूचक २.४८ प्रतिशतले घटेको छ भने सबैभन्दा कम निर्जीवन बीमा समूहको उपसूचक ०.४ प्रतिशतले मात्र घटेको छ ।
२७ अंकमाथि घटेको बजारमा आज १ अर्ब ४४ करोड ३४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
प्रकाशित मिति: शुक्रबार, साउन ६, २०७९ १८:५९