झापा- झापाको भद्रपुरस्थित मेची प्रादेशिक अस्पतालको एम्बुलेन्स बिग्रिएर थन्किएको छ ।
अस्पतालद्वारा सञ्चालित दुई वटै एम्बुलेन्स एक वर्षअघि देखि बिग्रिएर थन्किएका हुन् । लामो समयदेखि एम्बुलेन्स सेवा अवरूद्व हुँदा दूरदराजका बिरामी मारमा परेका छन् ।
नेपाल(भारत मैत्री संघमार्फत् २०५४/२०६४ मा एकरएक गरी मेची अस्पतालमार्फत् दुई एम्बुलेन्स सञ्चालित थिए । एउटा करिब ८ वर्षअघि र एउटा एक वर्षअघि बिग्रिएर थन्किएका हुन् ।
बिग्रएका ती एम्बुलेन्स बनाउने अवस्थासमेत नरहेको अस्पताल प्रशासनका सूचना अधिकारी मनोज पोखरेलले बताए । ‘एम्बुलेन्स बनाउने कण्डिसन नै छैन’, उनले भने, ‘त्यसैले मर्मत गरिएको छैन ।’
अस्पतालको एम्बुलेन्स बिग्रिए पनि एम्बुलेन्स चालकले भने तलब बुझिरहेको अस्पताल स्रोतले जनाएको छ । सँगै एम्बुलेन्स बिग्रिए पनि सोको व्यवस्थापनका लागि व्यवस्थापन समिति, अस्पताल प्रशासन र स्थानीय सरकार कहींकतैबाट पहल नभएको अस्पतालका कर्मचारी बताउँछन् ।
प्रदेश नं(१ सरकारले अस्पताललाई एउटा एम्बुलेन्स र एउटा शववाहन दिने जनाए पनि सो लिनका लागिसमेत पहल नगरिएको अस्पताल स्रोतको भनाइ छ । मेची अस्पताल सरकारीस्तरबाट सञ्चालित तत्कालीन मेची अञ्चलकै ठूलो अस्पताल हो ।
मुलुक संघीय संरचना गएपछि यसलाई प्रादेशिक अस्पतालकारूपमा स्तरोन्नति गरिएको छ । प्रदेश र संघीय सरकारले अस्पताललाई सुविधा सम्पन्न बनाउन उपकरण र भौतिक संरचरना निर्माणका लागि अनुदान दिँदै आएको छ ।
भद्रपुरमा सरकारीरसंस्थागतरूपमा भद्रपुर नगरपालिका र नेपाल रेडक्रस सोसाइटी झापा शाखाका एकरएक एम्बुलेन्स सञ्चालनमा रहेको नेपाल रेडक्रस सोसाइटी उप(शाखा भद्रपुरका सभापति गोपाल गिरीले बताए ।
‘केही एम्बुलेन्स निजीरूपमा समेत सञ्चालित छन्’, उनले भने, ‘सरकारले भाडादर निर्धारण गरे पनि एक रुपता छैन ।’ प्रभावकारीरूपमा अनुगमन नहुँदा एम्बुलेन्स जस्तो संवेदनशील क्षेत्रमा समेत धेरै विकृति बढेको उनको भनाइ छ ।
प्रकाशित मिति: आइतबार, साउन ८, २०७९ १३:३६