हेटौंडा- मकवानपुर जिल्ला प्रशासन कार्यालयबाट एक वर्षको अवधिमा साढे ६ हजारभन्दा बढी व्यक्तिले राहदानी लिएका छन् ।
आर्थिक वर्ष २०७८/७९ मा ६ हजार ५३२ जनाले राहदानी लिएका हुन् ।
विभागबाट प्रिन्ट भएर आएका ४१५ वटा राहदानी भने वितरण हुन बाँकी रहेको प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले जानकारी दिए । कार्यालयले विभागबाट बनाउने गरी ६ हजार ९४७ राहदानीमा साधारण सिफारिस गरेको थियो भने ४ हजार १३८ राहदानीमा द्रुत सिफारिस गरेको थियो ।
कार्यालयले आर्थिक वर्ष २०७७र७८ मा ३ हजार ५२४ राहदानी वितरण गरेकामा ८५० वितरण हुन बाँकी थिए । उक्त आर्थिक वर्षमा ४ हजार ३७४ राहदानीका लागि सिफारिस गरिएकामा २ हजार ९५१ द्रुत सिफारिसमा परेका थिए ।
प्रकाशित मिति: आइतबार, साउन ८, २०७९ १४:०८