काठमाडौं - कुमारी जबले ‘फ्रन्ट अफिस म्यानेजमेन्ट एन्ड सेक्रेटरियल एटिक्वेट्स’ तालिम सञ्चालन गर्ने भएको छ ।
पुर्व मिस नेपाल तथा मेडिया पर्सन एवम् ट्रेनर सुगारिका केसी लगायत अन्य दक्ष प्रशिक्षकहरुको साथमा कम्पनीले बेरोजगार युवाहरुका लागि उक्त तालिम सञ्चालन गर्ने भएको हो ।
कुनै पनि अफिस अथवा संस्थाको लागि फ्रन्ट अफिस र सेक्रेटरियल विभाग अत्यन्तै महत्वपूर्ण हुन्छ । यस्ता काममा आफ्नो करियर बनाउनको लागि र सफलता पाउनको लागि एउटा निश्चित योग्यता, सीप अथवा तालिम चाहिन्छ ।
तालिमको बारेमा बोल्दै कुमारी जबका म्यानेजिङ डिरेक्टर सन्देश भण्डारीले भने, ‘अहिले काठमाडौं लगायत बिराटनगर,पोखरा, बुटवल तथा नेपालका विभिन्न शहरहरुमा ठुला–ठुला व्यापारिक संस्थाहरु खोल्ने एवम् शाखा विस्तार गर्ने काम भइरहेको छ र ती संस्थाहरुमा योग्य र तालिमप्राप्त उम्मेदवारहरुको उच्च माग रहेको छ ।
प्रकाशित मिति: सोमबार, साउन ९, २०७९ ०९:००